मुस्ताङ जिल्ला
अञ्चल: धवलागिरी अञ्चल
सदरमुकाम: जोमसोम,
क्षेत्रफल: ३५७३ वर्ग कि.मि.
गाविस संख्या: १६
टेलिफोन कोड: ०६९
१ शिर्षक अक्षर
२ जिल्लाको नामाकरण
३ भौगोलिक अवस्थिति
४ प्रमुख नदी
५ मुख्य खोलाहरु
६ धार्मिक स्थलहरु
७ प्रमुख पर्यटकीय स्थल
८ प्रमुख ताल एवं कुण्ड
९ जिल्लाको प्रसिद्ध वस्तुहरु एवं प्राप्त हुने स्थान
१० प्रमुख व्यापारीक महत्वका ठाउँ
११ गाउँ विकास समितीहरु
१२ यो पनि हेर्नुहोस्
शिर्षक अक्षर
मुस्ताङ धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ ।
करिव ३००० बर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको ब्यपारिक मुख्य नाका रहेको बुझिन्छ ।
यसको सदरमुकाम जोमसोम हो । यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन् । यसको उत्तर-दक्षिण लम्बाई करिब ८० कि.मी. र चौडाई बढिमा ४५ कि.मी. छ । यो जिल्ला अन्नपुर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ । यसको करिब करिब बिच भाग भएर काली गण्डकी नदी बग्दछ । यस नदीलाई स्थानीय भाषामा थाक खोला पनि भनिन्छ । यस जिल्लाका धेरै जसो बस्ती यही नदीको किनारमा अवस्थित छन् ।
यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ जुन त्यो नेपालकै एक विशेष क्षेत्र हो ।
जिल्लाको नामाकरण
नेपाल धेरैजसो जिल्लाहरुको नामाकरणकुनै खोला स्थान वा घटनाका आधारमा गरिएको भएता पनि यस जिल्लाको नामाकरण औषधिको नामबाट भएको पाइन्छ । तिब्बतीयन भाषमा मन् भनेको औषधि र थाङ भनेको चौरबाट मनथाङ हुदै मुस्ताङ हुन आएको हो भन्ने जनश्रूति रहेको छ । जडिबुटिका हिसावले प्रशिद्ध रहेकोले पनि यस जिल्लाको नामाकरण औषधिकै नामबाट भएको हो भन्ने विश्वास गर्न सकिन्छ ।
भौगोलिक अवस्थिति
अक्षांस:- २८.२०” उत्तरदेखि २९.०५ ’
देशान्तरः- ८३.३०’ पुर्वदेखि ८४.१५ ’
सिमाना:- पूर्वमा मनाङ, पश्चिममा डोल्पा, उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा म्याग्दी जिल्ला
क्षेत्रफल ३५७३ वर्ग किलो मिटर
भौगोलिक विभाजन हिमाल
प्रमुख नदी
कालिगण्डकी ।
मुख्य खोलाहरु
लेते खोला, सेते खोला, घट्टे खोला, लाङक्यु खोला, थापा खोला, चिमाङ खोला, मार्फा खोला,ठिनी खोला, स्याङ खोला, बोक्सि खोला, पाण्डा खोला, लुप्रा खोला, साङ्ता खोला, झोङ्ग खोला, नरसिङ खोला, समर खोला, ताग्ंया खोला, घमी खोला, दामोदर कुण्ड खोला, चराङ खोला, यारा खोला, समराङ खोला, नाम्ग्याल खोला, किमलिङ खोला , ङ्याम्डो खोला, न्हेचुङ्ग खोला आदि ।
धार्मिक स्थलहरु
मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम)
प्रमुख पर्यटकीय स्थल
लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्ग को सिटी वाल, मुक्तिनाथ क्षेत्र, निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक, धम्पुस पिक,टुकुचे पिक
[सम्पादन गर्ने]
प्रमुख ताल एवं कुण्ड
दामोदर कुण्ड, ढुम्बा ताल, टिटी ताल, सेकोङ्ग ताल
जिल्लाको प्रसिद्ध वस्तुहरु एवं प्राप्त हुने स्थान
रातो स्याऊ, नुन खानि तेताङ नरसिंह खोला (छुसाङ), गोल्डेन स्याऊ, शालिग्राम (कालिगण्डकी किनार र दामोदर कुण्ड खोला)
प्रमुख व्यापारीक महत्वका ठाउँ
जोमसोम बजार, मुक्तिनाथ, लोमान्थाङ, टुकुचे
गाउँ विकास समितीहरु
चराङ, छोन्हुप, छोसेर, छुसाङ, घमी, झोङ्ग, जोमसोम, कागबेनी, कोबाङ, कुञ्जो, लेते, लोमान्थाङ, मार्फा, मुक्तिनाथ, सुर्खाङ, टुकुचे,