म्याग्दी जिल्ला
अञ्चल: धवलागिरी अञ्चल
सदरमुकाम: बेनी,
क्षेत्रफल: २,२९७ वर्ग कि.मि.
गाविस संख्या: ४१
टेलिफोन कोड: ०६९
१ शिर्षक अक्षर
२ जिल्लाको नामाकरण
३ प्रशासनिक विभाजन
४ जिल्लाको ईतिहास
शिर्षक अक्षर
नेपालको मध्य-पश्चिमी पहाडमा अवस्थित, पुर्वमा कास्की र पर्वत, पश्चिममा बागलुङ, डोल्पा र रुकुम, उत्तरमा मुस्ताङ र डोल्पा तथा दक्षिणमा बागलुङद्वारा परिवेष्ठित ८३º०८" देखि ८३º५३" पुर्वि देशान्तर र २८º२०" देखि २८º४७" उत्तरी अक्षांस अर्न्तर्गत रहेको भू-भाग म्याग्दी जिल्ला अर्न्तर्गत पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल २,२९७ वर्ग कि.मी. (२,२९,७०६ हे.) रहेको छ । जिल्लाको वर्तमान सिमाना २०३१ सालमा पर्वत र मुस्ताङबाट २० गाविसहरु (गाउँ पंचायत) यस जिल्लामा गाभिन आएपछि कायम हुन आएको हो । हाल यो जिल्लामा ४० गाविस रहेका छन् । २०१८ सालको सीमा विभाजन अनुसार गण्डकी नदी पारिका इलाकाहरु क्रमशः मुस्ताङ र पर्वत जिल्लामा रहेका थिए । तत्कालीन म्याग्दी जिल्लामा २१ गाविस (गाउँ पंचायत) मात्रै रहेका थिए ।
जिल्लाको नामाकरण
प्रशिद्ध हिमशिखर, नदीनाला, र धार्मिक स्थलको नामबाट अञ्चल तथा जिल्लाका नामाकरण गर्ने प्रचलनमा धौलागिरी हिमालबाट उत्पत्ति भई जिल्लाको पश्चिम उत्तर बाट दक्षिण पूर्व बग्ने म्याग्दी नदीको नामबाट यस जिल्लाको नामाकरण भएको पाईन्छ । झण्डै पुरै जिल्लाभरी फैलिएको यस नदीको नाम म्याग्दी रहनमा विभिन्न भनाईहरु रहेको पाइन्छ जुन निम्न लिखित छन :-
दुर्गा सप्तसतिमा बर्णित "जयन्ति मंगलाकाली भद्रकाली कपालिनी" भन्ने पद्यांशको देवी भगवतीको सय नाम मध्ये एक "मंगला" नामबाट नै नदिको नाम रहेको र कालन्तरमा अपभ्रंश भई म्याग्दी रहन गएको हो ।
नदीको पुरानो नाम "माया नदी" रहेको र यसको अपभ्रंश हुन गई म्याङ्गदी हुँदै म्याग्दी भएको हो ।
यस नदीको उदगमस्थलदेखि कालगण्डकीमा बिलय हुँदा सम्मको सम्पूर्ण भु-भाग ताकम पुलाचौर र ज्यामरुमकोट मा एकिकरण पूर्व थापा मगर रजौटा हरुको राज्य थियो त्यसैले यस नदिको नामाकरण मगर भाषाबाट भएको हुन पर्दछ । बंशावलि अनुसार ती थापाहरु "मेङ" उपथरका मगर थिए जसले गर्दा यस नदिको नाम थापा नदि ("मेङ" भनेको थापा र "दी" भनेको नदी) रहन गयो । मगर जातिको जनजिब्रो मा अझै पनि म्याग्दी नदीलाई मेङ्दी भनेर भनिन्छ र यही मेङदी नै पछि गएर म्याग्दी रहन गएको हो।
जिल्लाको ईतिहास
ऐतिहासिक रुपमा रहेको तत्कालिन पर्वत राज्य वर्तमान म्याग्दी डोल्पा बागलुङ पर्वतका साथै मुस्ताङ सम्म फैलिएको थियो । पौराणिक दृष्टिकोण बाट हेर्दा ऋषि जडभरतले राजा रहुगणलाई ज्ञानोपदेश दिएको स्थान "जड" जडभरत गुफाको नामले हाल म्याग्दीको गलेश्वरमा पर्दछ र वर्तमानको "राखु" नै राजा रहुगणको राजधानी रहेको अनुमान गरिन्छ । यसैगरी प्रशिद्ध ऋषि पुलत्यसको आश्रम "पुला" हालको पुलाचौरमा रहेको र निजका नाति विश्वका छोरा लंकाका प्रतापि राजा रावण को जन्म भुमि यहि क्षेत्र रहेको अनुमान गरिन्छ ।
ईशापुर्व ३१०० मा मंगोलिया देखि पामीर पठार भित्रको भु भागमा भीषण भौगर्भिक प्रलय भएकोले मंगोलहरु बसाई सरेर हिमालय देखि दक्षिण तर्फ लागेको र वर्तमान म्याग्दी जिल्लाको दक्षिण पश्चिममा प्राचिनकालमा थापाहरुको राज्य रहेको विभिन्न ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । तिब्बती भाषामा थापा शब्दले् "मंगोल" वा "मंगोलियाई" अर्थात मंगोलियाका बासिन्दा भन्ने जनाउँछ । अर्थात मंगोलियाबाट बसाई सरेर आएका मंगोलहरु नै प्राचिन मगरहरुका पुर्खा हुन् र यो क्षेत्रमा मंगोलमूलका मगरहरुको राज्य कायम भएको थियो भन्ने कुरा प्रमणित हुन्छ ।
बिक्रम सम्बत १२४६ तिर प्रथम थापा राजा कालु थापाले ताकम राज्यको स्थापना गरेका थिए । चार हजार पर्वत भनि मानिएको यो राज्यमा थापाहरुले ३०० वर्ष सम्म शासन गरेका थिए । बि।सं। १५४५ मा कर्णाली प्रदेशका मल्ल राजा आनन्द बम मल्लका नाति डिम्ब बम मल्लले थापाहरुलाई हराई ताकम राज्यलाई आफनो राज्यमा गाभी बर्तमान धौलागिरी अाचलका सवै जिल्लाहरु समेटिएको तत्कालिन विशाल पर्वत राज्यको स्थापना गरेका थिए र वर्तमान म्याग्दी जिल्ला उक्त पर्वत राज्यको एक भागको रुपमा रहन पुग्यो । इतिहासकारहरुले पर्वतमा मल्ल राजाका चौध पुस्ताले शासन गरेको बताए पनि अन्तिम मल्ल राज्य कीर्ति बम मल्लले पुलामी बानियाँहरुको नाममा बि.सं. १८३६ मा गरिदिएको ताम्रपत्रमा राजा-९ स्पष्ट रुपमा अंकित भएको हुँदा मल्ल बंशका ९ वटा राजाले मात्र तत्कालिन पर्वत राज्य समालेको देखिन्छ । साथै राजा कीर्ति बम मल्लले बर्तमान म्याग्दीमा पर्ने ढोलठानामा दरबार खडा गरि बसेको र बेनिमा ठाना राखेको थिए भनिन्छ ।
रण बहादुर शाहको राज्य कालमा बहादुर शाहले पाल्पाली राजाको सहयोगमा सैनिकको घेरामा पारी पर्वतका राजालाई आत्मसमर्पण गर्न लगाई शक्तिशाली पर्वत राज्यलाई नेपालमा गाभेका थिए । एकीकरण पछि र राणा शासनकालमा यो जिल्ला पाल्पा प्रशासन अन्र्तगत रहेको थियो । बि.सं. १९८५ मा बागलुङमा छोटि गौडा स्थापना भएपछि प्रशासनिक तथा न्यायिक काम त्यसैबाट हुदै आएकोमा बि.सं.२०१८ सालको जिल्ला विभाजनबाट म्याग्दी जिल्लाको नाममा अलग अस्तित्व कायम गरियो ।
No comments:
Post a Comment